काठमाडाै: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने कार्यमा कामना सेवा विकास बैंक लिमिटेड अग्रणी बनेको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमासको विवरण प्रकाशित गर्न ३० दिनको समयावधि तोकेपछि कामना सेवा बैंकले केवल दुई दिनमै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको हो।
वित्तीय विवरणअनुसार, समीक्षावर्ष २०८१/८२ मा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ५८ करोड १८ लाख रुपैयाँ नाफासँग तुलना गर्दा ९.१९ प्रतिशतले बढी हो। समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ऋणात्मक ४१ करोड १२ लाख रुपैयाँ थियो।
बैंकले १७.३० प्रतिशतको लाभांश क्षमता निर्माण गरेको छ भने सञ्चालन मुनाफा ९८ करोड ६९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.९७ प्रतिशतले वृद्धि हो।
समीक्षावर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.२५ प्रतिशतले बढी हो।
साझा अर्थ संवाददाता