पात्रो

रेडियो

समाचार खोजी

इरान र इजरायलबिच पूर्ण युद्ध विराममा सहमति भएको ट्रम्पको दाबी

साझा अर्थ संवाददाता १० असार २०८२, मङ्गलवार

काठमाडाै‌ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्ध विराममा सहमति भएको घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका छन्। दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र “२४  घण्टामा” औपचारिक रूपमा युद्ध समाप्त हुने उनले बताएका छन्।

युद्ध विरामको घोषणा भए पनि हालसम्म इजरायल र इरान दुवैले यसको आधिकारिक पुष्टि गरेका छैनन्।

यसअघि साेमबार इरानले कतारस्थित अेमरिकी सैन्य बेसमा आक्रमण गरेको थियाे। आक्रमणबाट कुनै पनि मानवीय क्षति नभएको अमेरिकाले बताएको छ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता