काठमाडौः नेपाल राष्ट्र बैंक ले आज बजारबाट ६० अबै रुपैयाँ खिच्न लागेको छ । बजारमा तरलता बढेकोले त्यसको ब्यवस्थापन गर्न बैंकले सो रकम निक्षेप संकलन उपकरण मार्फत खिच्न लागेको हो ।
तरलता (लिक्विडिटी) व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ झिक्न लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ। डिपोजिट कलेक्शन मार्फत ४२ दिनका लागि यो रकम बैंकले प्रशोचन गर्ने छ । बैंक तथा वित्तीय संस्थाहरूमा ऋण दिन उपलब्ध पूँजी बढी मात्रामा भएपछि बैंकले बजारबाट प्रशा खिच्ने गर्दछ । आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सम्पन्न पशोचन प्रकृया सम्पन्न हुने छ जसमा ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन्। बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले निशेष भागजाने गरी बोली लगाउन सकिने राष्ट्रबैंकको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता