पात्रो

रेडियो

समाचार खोजी

हस्तकला महासंघ र आईआरजीडीडीबीच समझदारी

साझा अर्थ संवाददाता ६ असार २०८२, शुक्रवार

काठमाडौँ । नेपाली हस्तकला उत्पादनको अन्तराष्ट्रिय बजारमा क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजीडीडी) बीच सम्झौता भएकाृ छ ।
महासंघका अध्यक्ष रबिन्द्र शाक्य र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्व राजदूत डा. शर्मिला पराजुली ढकालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
समझदारीबाट नेपालको पहिचान र संस्कृतिको सवांहकको रुपमा रहेको नेपाली हस्तकलालाई विश्वव्यापी ब्राण्डको रुपमा विकास गर्न कुटनीतिक पहल र आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरि नेपाली हस्तकलाको प्रवद्र्धन कलाकार कालिगढहरुको क्षमता विकास अध्ययन, अनुसन्धान र नीतिगत संवादलाई अधिकतम प्रभावकारि बनाइने विषयमा पनि दुबै पक्षबाट प्रतिबद्धता जनाइएको छ ।
हस्तकला उद्योग व्यवसाय तुलनात्मक लाभ भएको क्षेत्र भएकोले यसको अधिकतम प्रतिफल प्राप्त हुनुपर्ने कुरामा दुबै संस्थाको ऐक्यबद्धता रहेको विषय पनि समझदारी पत्रमा उल्लेख छ । त्यसैगरि हस्तकला क्षेत्रमा सीप र प्रविधिको पुस्तान्तरण चुनौतीपूर्ण रहेकोले यसको संबोधनमा पनि दुवै संस्थाले सहकार्य गरि अघि बढ्ने समझदारी भएको छ ।

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता