पात्रो

रेडियो

समाचार खोजी

सानसान जापानको कागोसिमामा अवतरण

साझा अर्थ संवाददाता १३ भदौ २०८१, बिहिवार


 टोकियो, १३ भदौ (रासस/सिन्ह्वा) :  जापानमा आएको शक्तिशाली आँधी सानसानले जापानको दक्षिणपश्चिमी प्रान्त कागोसिमामा अवतरण गरेको जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० ले बिहीबार जनाएको छ ।     
     
यस वर्षको १० औँ आँधी, सानसानलाई ‘धेरै शक्तिशाली’ आँधीका रूपमा वर्गीकृत गरिएको छ । जापान मौसम विज्ञान निकायले लगभग १५ किलोमिटर प्रति घण्टाको गतिमा सत्सुमासेन्डाई सहर नजिकै उत्तरतर्फ अघि बढिरहेको छ ।     
     
चक्रवात स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेसम्म उत्तरमा ३१.५५ डिग्री उत्तरी अक्षांश र १३०.०५ डिग्री पूर्वी देशान्तरमा सरेको र यसको गति १५ किलोमिटर प्रति घण्टा रहेको छ ।     
     
हावाको गति र प्रभावित क्षेत्रहरूबारेको पूर्वानुमान धेरै हदसम्म अपरिवर्तित रहेको जेएमएले जानकारी गराएको छ ।     
     
दक्षिणी क्युसुमा यस अघि नै अत्यधिक बर्षा भएको छ जेएमएले कागोसिमा प्रान्तमा हुरी, उच्च सामुद्रिक छालहरू र आँधीबेहरीको विशेष चेतावनी जारी गरेको छ ।     
     
बासिन्दाहरूलाई पछिल्लो चक्रवातबारे जानकारीलाई अद्यावधिक गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।     

 

354 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ