पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्यमा तीनसयले बृद्दी

साझा अर्थ संवाददाता १८ जेठ २०८२, आइतवार

काठमाडौँ, १८ जेठः गत शुक्रबारको  तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९८० निर्धारण भएको छ । 

 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता