एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाइफ इन्स्योरेन्सले साधारणसभा प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ १४ गतेसम्म कायम शेयरधनीले हकप्रद पाउनेछन् ।
एशियन लाइफ इन्स्योरेन्सले १ः०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
साझा अर्थ संवाददाता