पात्रो

रेडियो

समाचार खोजी

अनलाइन प्रणालीमार्फत धितो रोक्का - फुकुवा गर्ने सम्बन्धी सम्झौता

साझा अर्थ संवाददाता ९ जेठ २०८२, शुक्रवार

काठमाडौँ / नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का - फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गर्नु भएयो ।
सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का-फुकुवा अनलाइनबाट सम्पन्न हुने छ । यसले आवास-सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता