काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे अध्ययन गर्न बनाइएको संसदीय उपसमितिको संयोजकमा नेपाली कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् । आजको बैठकले उनलाई संयोजक चयन गरेको हो । विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न एमालेका सांसद योगेश भट्टराईको नेतृत्वमा बनाइएको उपसमिति माथि स्वार्थको द्वन्द्व हुने भन्दै प्रश्न उठेपछि उनले राजिनामा दिएका थिए ।
लेखा समिति सभापति ऋषिकेश पोखरेलले यसअघिको बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीको नाम प्रस्ताव गरे पनि सहमति जुट्न सकेन । उपसमितिको आजको बैठकले खाँणलाई संयोजक तोकेको हो ।
साझा अर्थ संवाददाता