काठमाडौँ । लाईफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड (नेपाल) ले १० प्रतिशत लाभांश दिने भएको छ । बैशाख ३१ गते बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०।५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ।
साझा अर्थ संवाददाता