पात्रो

रेडियो

समाचार खोजी

बाढी पहिरोले निर्जिबन बिमा कम्पनीको नाफा आधा घट्यो

साझा अर्थ संवाददाता ३१ वैशाख २०८२, बुधवार

गत १०–१२ असोजमा आएको बाढीपहिरोले दाबी भुक्तानी बढाएपछि चालू आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा निर्जीवन बिमा कम्पनीहरूको नाफा ५५ प्रतिशतले घटेको छ । सो अवधिमा १४ निर्जीवन बिमा कम्पनीले दुई अर्ब ४१ करोड तीन लाख रुपैयाँ नाफा कमाएका छन् ।  गत आवको नौ महिनामा पाँच अर्ब २९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।   असोजको बाढीले  निर्जीवन बिमा कम्पनीहरूमा १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँबराबरको दाबी परेको थियो । त्यसमा हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । भुक्तानी हुन बाँकी रकमबापत छुट्टै प्रोभिजनिङ गरिएको छ । सोही कारण नाफामा कमी आएको हो । 

नौ महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा रहेको राष्ट्रिय बिमा कम्पनीले ३९ करोड ५६ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३६ करोड ९३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा  दी ओरियन्टल इन्स्योरेन्स १३ करोड ८३ लाख ४० हजार र नेसनल इन्स्योरेन्स ७२ करोड ८१ लाख रुपैयाँले नोक्सानीमा छन् । गत आवको यसै अवधिमा दी ओरियन्टल इन्स्योरेन्स ४६ करोड १७ लाख ३१ हजार रुपैयाँ र नेसनल इन्स्योरेनस १४ करोड १० लाख ३३ हजार रुपैयाँले नाफामा थियो । यीबाहेक १२ निर्जीवन बिमा कम्पनी नाफामा छन् । त्यसमा १० कम्पनीको नाफामा गिरावट आएको देखिन्छ । 

241 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ