पात्रो

रेडियो

समाचार खोजी

जीवन बिमा कम्पनीको नाफा १२ प्रतिशतले बढ्यो, नेपाल लाइफ अग्रस्थानमा

साझा अर्थ संवाददाता ३१ वैशाख २०८२, बुधवार

चालू आवको नौ महिनामा जीवन बिमा कम्पनीहरूको नाफा भने औसत १२ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले गत आवको नौ महिनामा चार अर्ब ३६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए । चालू आवको नौ महिनामा भने चार अर्ब ८८ करोड ७३ लाख रुपैयाँ खुद नाफा भएको कम्पनीहरूको वित्तीय विवरणमा उल्लेख छ । 

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीले नौ महिनामा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा भने हिमालयन लाइफ इन्स्योरेन्सले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, नेसलन लाइफले ४० करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफले ३६ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ७६ लाख रुपैयाँ, मेट लाइफले ३४ करोड ५१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३३ करोड ७६ लाख रुपैयाँ र एसियन लाइफले ३३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । 

यसैगरी, सन नेपाल लाइफले ३२ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड सात लाख रुपैयाँ, एलआइसी नेपालले २३ करोड ६० लाख रुपैयाँ र राष्ट्रिय जीवन बिमा कम्पनीले एक करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जीवन बिमा कम्पनीहरूको यो नाफा बिमांकीय मूल्यांकनअघिको हो । बिमांकीय मूल्यांकनपछि कम्पनीको नाफा थप बढ्न सक्नेछ । बिमांकीय मूल्यांकनका क्रममा बिमांकीले बिमा कोषमा भएको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सक्नेछन् ।

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ