पात्रो

रेडियो

समाचार खोजी

भारतमाथि विजय भएको पाकिस्तानी प्रधानमन्त्रीको दाबी !

साझा अर्थ संवाददाता २८ वैशाख २०८२, आइतवार

काठमाडौँ | पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले शनिबार देशमा ‘यौम-ए-तशक्कुर’ मनाउने घोषणा गरेका छन्। भारतीय आक्रमणविरुद्ध पाकिस्तानको कारबाही र अपरेशन बुनियान-उल-मर्सुसको सफलतापछि उनले यो दिवस मनाउने घोषणा गरेका हुन्। प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यो दिन अल्लाहलाई धन्यवाद दिन, सशस्त्र बललाई सम्मान गर्न र देशको एकताको कदर गर्न मनाइनेछ।’

शनिबार साँझ भारत र पाकिस्तानबिच युद्धविराम भएको थियो। तर तीन घण्टापछि दुवैतिरबाट युद्धविराम उल्लङ्घन गरेको आरोप एक अर्कामाथि लगाए।  पाकिस्तान र भारतले ‘पूर्ण र तत्काल युद्धविराम’ लागू गर्ने निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले शनिबार स्वागत गरेको छ। २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान जानेगरी भएको भएको आक्रमणपछि बढेको थियो। भारतले यसको आरोप पाकिस्तानमाथि लगाए पनि पाकिस्तानले यो दाबीलाई अस्वीकार गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ।

आरोपपछि भारतले गत बुधबारदेखि पाकिस्तानमा अपरेशन सिन्दूरमार्फत ड्रोन आक्रमणहरू सुरु गरेको थियो। भारतले २४ ड्रोन आक्रमण गरेको थियो। यस घटनामा ३३ पाकिस्तानीको मृत्यु भएको छ भने ७६ जना घाइते भए। शनिबार जवाफी कारबाही गरेको पाकिस्तानले पाँच भारतीय जेट विमान खसाले र नियन्त्रण रेखाका ब्रिगेड मुख्यालय र चेकपोस्टहरू ध्वस्त पारेको दाबी गरेको छ ।

227 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ