काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको मंगलबार बसेको बैठकले आव २०८०–८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिरकणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।
साझा अर्थ संवाददाता