काठमाडौं । नेपालका केही अग्ला हिमाल तथा आधार शिविर वरपर अनाधिकृत रुपमा विदेशी दूरसञ्चार कम्पनीको स्याटेलाइत इन्टरनेट सेवा प्रयोग भएको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणले त्यस्तो नगर्न चेतावनी दिएको छ । प्राधिकरणले उक्त कार्य दूरसञ्चार ऐन २०५३ को दफा २१ को प्रावधानविपरीत भएको स्मरण गराउँदै यस्तो कार्य नगर्नरनगराउन पनि आग्रह गरेको छ ।
यो सूचनापछि पनि सम्बन्धित कम्पनीहरूले अटेर गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।
साझा अर्थ संवाददाता