पात्रो

रेडियो

समाचार खोजी

चार महिनामा चार लाख १५ हजार विदेशी पर्यटक भित्रिए

साझा अर्थ संवाददाता २१ वैशाख २०८२, आइतवार

सन् २०२५ को पहिलो चार महिनामा विभिन्न देशबाट चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै पर्यटक मार्चमा एक लाख २१ हजार ६८७ भित्रिएको पर्र्यटन बोर्डको तथ्यांक छ । यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७ र अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपाल भित्रिएका छन् । 

सन् २०२५ को अप्रिल महिना नेपाली पर्यटन क्षेत्रका लागि उत्साहप्रद बनेको छ । एक महिनामा एक लाख १६ हजार चार सय ९० विदेशी पर्यटक नेपाल भित्रिएर अहिलेसम्मकै धेरै पर्यटक आएको महिना बन्न सफल भएको छ । यसअघि सन् २०२४ को अप्रिलमा सबैभन्दा धेरै एक लाख ११ हजार तीन सय ७६ पर्यटक नेपाल भित्रिएका थिए ।

कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ को अप्रिलमा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल घुम्न आएको पर्यटन बोर्डको तथ्यांक छ । सो महिनासँग तुलना गर्दा यो अप्रिलमा पर्यटक आगमन ६।५ प्रतिशतले बढेको देखिन्छ । विश्वव्यापी कोरोना भाइरस फैलिएपछि सन् २०२० को अप्रिलमा पर्यटक आगमन घटेर १४ जनामा झरेको थियो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले पर्यटक आगमनमा भएको बढोत्तरी नेपालको आकर्षण र पर्यटन सम्भावनाको प्रमाण भएको बताएका छन् । बोर्डले यो अहिलेसम्मकै सफल अप्रिल भएको जनाएको छ । 

 

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ