काठमाडौं । सुनको खरिद गर्न व्यवसायिहरुलाई सिफारिस गरेबापत कुनैपनि दस्तु तथा शुल्क नलिन व्यवसायिक संघ संगठन तथा महासंघलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भए बमोजिम सुन व्यवसाय सम्बन्धी संघ महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको केन्द्रीय बैंकले जानकारी गराएको हो । बैंकको विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ दफा १४ ले दिएको अधिकार प्रयोग गरी सूचना प्रकाशन गरिएको जनाएको छ ।
साझा अर्थ संवाददाता