काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपियाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयास मार्फत नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे ।
उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
साझा अर्थ संवाददाता