पात्रो

रेडियो

समाचार खोजी

माछापुच्छ्रे बैंक र कुवेतको अल मुजैनी एक्सचेन्जबिच रेमिट्यास सम्झौता

साझा अर्थ संवाददाता १५ वैशाख २०८२, सोमवार

माछापुच्छ्रे बैंक र कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । बिहीबार कुवेतस्थित होटेल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक ह्युज फर्नान्डेजले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै सेवा सुरु गरिएको बैंकले जनाएको छ । यो सहकार्यले कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा कुवेतका लागि नेपालका राजदूत सुजनी राणा, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामालगायत गैरआवासीय संघका प्रतिनिधिहरू, कुवेतस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरिएको थियो । बैंकका पूर्वसञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसी तथा कार्यवाहक राजदूत राणाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

बैंकका अनुसार अब कुवेतमा रहेका नेपालीले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका सबै शाखाबाट पठाएको रकम माछापुच्छ्रे बैंकका देशभरका शाखा तथा रेमिट्यान्स एजेन्टमार्फत भुक्तानी लिन सक्नेछन् ।

200 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता