पात्रो

रेडियो

समाचार खोजी

सगरमाथा आधार  शिविरमा पर्यटन विभागको फिल्ड कार्यालयल

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार


काठमाडौँ । सगरमाथा आरोहणलाई व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथाको आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ ।

विभागका निर्देशक लीलाधर अवस्थीले वसन्त ऋतुको सगरमाथा आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक समन्वयका लागि अस्थायी कार्यालय स्थापना गरिएको जानकारी दिए । विभागले अघिल्लो वर्षदेखि आरोहणलाई लक्षित गरी कार्यालय स्थापना गर्दै आएको छ । यसपटक पनि वसन्तयामको आरोहण अनुमगन, रिपोर्टिङ र समन्वयका लागि फिल्ड कार्यालय स्थापना गरिएको निर्देशक अवस्थीले बताए । सरकारले सगरमाथा आरोहणका लागि हरेक समूहमा एक जना सम्पर्क अधिकृतसमेत खटाउने गरेको छ । फिल्ड कार्यालयले प्रभावकारी अनुगमनका साथै अनुमति प्रमाणीकरण, नियमन, रिपोर्टिङ प्रोटोकल, आपतकालीन समन्वय, मुद्दा समाधान, फोहर व्यवस्थापन निरीक्षणलगायत काम गर्नेछ ।
     
निर्देशक अवस्थीका अनुसार कार्यालयमा पाँच जना सम्पर्क अधिकृत रहनेछन् । यसमा विभागका दुई जना र नेपाल पर्वतारोहण सङ्घ र सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि रहनेछन् । साथै हिमालयन उद्धार सङ्घले स्वास्थ्य शिविर स्थापना गरेर प्राथमिक उपचारको व्यवस्था गर्नेछ । 
     
सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका तीन सय ७४ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । विभिन्न हिमाल आरोहणवापत रु ६४ करोड रोयल्टी सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै रु ५५ करोड रोयल्टी उठेको विभागले जनाएको छ ।

 

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ