पात्रो

रेडियो

समाचार खोजी

बैङ्क तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै राष्ट्र बैङ्क

साझा अर्थ संवाददाता ९ वैशाख २०८२, मङ्गलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा ५८ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुमा ४६ करोड ४० लाख रुपियाँ, विकास बैङ्कहरुमा आठ करोड ७० लाख रुपियाँ र फाइनान्स कम्पनीहरुमा दुई करोड ९० लाख रुपियाँ गरी कुल ५८ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।
राष्ट्र बैङ्कले उक्त निक्षेप आगामी वैशाख १६ गतेदेखि २०८२ वैशाख १६ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो ।
मुद्दती निक्षेप लिन राख्न चाहने बैङ्क तथा वित्तीय संस्थाहरुले आगामी बुधबार बेलुका ७ बजेभित्र तोकिएको इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
निक्षेप रकम राख्न राष्ट्र बैंकले केही शर्त समेत राखेको छ । जसमा संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने, न्यूनतम पूँजी कोष कायम गरेको हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने रहेका छन् ।
यसैगरी समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको हुनुपर्ने, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने र कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने जारी सूचनामा उल्लेख छ ।

246 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता