पात्रो

रेडियो

समाचार खोजी

आन्ध्र प्रदेशस्थित रिएक्टर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

साझा अर्थ संवाददाता ६ भदौ २०८१, बिहिवार

रासस/एएफपीःआन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ । 

यसअघि बुधबार दिइएको जानकारीमा कम्तीमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको बताउनुभएको थियो । 

अनाकपल्लीका जिल्ला प्रशासक विजय कृष्णनले मृत्यु सङ्ख्या १७ पुगेको पुष्टि गर्नुभएको छ । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिनुभएको छ । 

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै व्यक्तिको हताहत भएको उक्त दुर्घटनाले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ । 

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनाकपल्लीको एक कारखानामा भएको दुर्घटनामा परी भएको धेरै व्यक्तिको हताहतले दुःखी बनाएको छ । आफ्ना प्रियजनहरूलाई गुमाएकाहरूप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना !” 

विज्ञप्तिमा आगाडि भनिएको छ, “प्रत्येक मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रूपैयाँ राशिको राहत प्रदान गरिनेछ । घाइतेलाई ५० हजार रूपैयाँ दिइने छ ।”

211 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ