पात्रो

रेडियो

समाचार खोजी

निगमले चैतमा भुक्तानी गर्यो ५३ करोड किस्ता

साझा अर्थ संवाददाता २ वैशाख २०८२, मङ्गलवार

नेपाल वायुसेवा निगम (नेवानि)ले न्यारोबडी र वाइडबडी जहाजको चैत महिनामा ५३ करोड नौ लाख ५५ हजार रुपैयाँ किस्ता भुक्तानी गरेको छ । निगमले चारवटा जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये चैतमा दुई न्यारोबडीको पूरै र दुई वाइडबडीको आंशिक किस्ता रकम भुक्तानी गरेको जनाएको छ ।

 निगमले ०८१ चैतसम्म सात अर्ब ३९ करोड पाँच लाख रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।  चारवटा जहाजको समयमै किस्ता भुक्तानी गर्न नसक्दा दायित्व करिब ५० अर्ब पुग्न थालेको छ ।

निगमले दुई वाइडबडी र दुई न्यारोबडी जहाज खरिद गर्न सरकारकै जमानीमा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो । सञ्चय कोष र निगमबिच ४ असार ०७० मा दुई न्यारोबडी एयरबस–३२० खरिद गर्न १० अर्ब रुपैयाँ र २८ जेठ ०७४ मा एउटा वाइडबडी एयरबस–३३० जहाज खरिद गर्न १२ अर्ब रुपैयाँको ऋण सम्झौता भएको थियो । अर्को दिन २९ जेठ ०७४ मा निगमले लगानी कोषसँग पनि अर्को वाइडबडी एयरबस–३३० जहाज खरिद गर्न १२ अर्ब रुपैयाँ ऋण सम्झौता गरेको थियो । 

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ