पात्रो

रेडियो

समाचार खोजी

भक्तपुरमा  ‘स्वनिगः’ रिसोर्ट निर्माण सुरु, पौने पाँच अर्ब लगानी

साझा अर्थ संवाददाता २ वैशाख २०८२, मङ्गलवार

गैरआवासीय नेपाली शेष घले र समिट होटेलका संस्थापक अमृतमान शाक्यको लगानीमा भक्तपुरको गुन्डुस्थित घ्याम्पे डाँडामा लक्जरी रिसोर्ट निर्माण सुरु भएको छ । नयाँ वर्षकै दिन पारेर सोमबार ‘स्वनिगः’ रिसोर्टको भूमि पूजा गरिएको छ । लक्जरी ६० भिल्लाहरू रहने रिसोर्टमा चार अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी हुने अनुमान छ ।

भक्तपुरमा रहेको सय रोपनी जमिनलाई पाँचतारे प्रोपर्टीमा विकास गर्न लागिएको हो । रिसोर्ट निर्माण नोभेम्बर २०२७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रिसोर्टको व्यवस्थापनमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउने तयारी भइरहेको बताइएको छ । स्वनिगः इम्प्लिमेन्टिङ एक्सपर्टस् ग्रुप (आइइजी) र एस एन्ड जेजी होल्डिङ्स ९अस्ट्रेलिया०को संयुक्त उपक्रममा सञ्चालन हुनेछ ।

आइइजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले नेतृत्व गरिरहेका छन्, जसले समिट होटेल, एयरपोर्ट होटेल र निर्माणाधीन ओएसिस होटेलमा लगानी गरेर आतिथ्य सत्कार व्यवसायमा संलग्न छन् । एस एन्ड जेजी प्रत्यक्ष विदेशी लगानी ९एफडिआई० कम्पनी हो, जसमा गैरआवासीय नेपाली संघ ९एनआरएनए०का पूर्वअध्यक्षसमेत रहेका शेष घले र जमुना गुरुङको स्वामित्व छ । एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआइटी ग्रुप होल्डिङ्समार्फत काठमाडौंको कान्तिपथमा पाँचतारे होटेल निर्माण भइरहेको छ ।

१२ अर्बभन्दा बढी लगानी रहने होटेल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने बताइएको छ । यो होटेल सञ्चालनमा आएपछि आतिथ्य सत्कार क्षेत्रमा सबैभन्दा ठुलो एफडिआई परियोजना बन्नेछ । एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायिक अवसरहरूको अन्वेषण गरिरहेको छ । यस्तै, ऊर्जा क्षेत्रमा पनि लगानी गर्ने लक्ष्य छ ।

 

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ