पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एशियाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २८ चैत २०८१, बिहिवार

चैत २५ देखि खुला गरिएको एनआईसी एशिया बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज चैत्र २८ गते अन्तिम दिन रहेको छ ।  
बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। २० लाख कित्ता अर्थात् २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ ।  
आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम २५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने छ।

306 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता