पात्रो

रेडियो

समाचार खोजी

सोमालियालाई राष्ट्रसङ्घबाट २ करोड ८६ लाख अमेरिकी डलर मानवीय सहायता

साझा अर्थ संवाददाता ५ भदौ २०८१, बुधवार

 (रासस / सिन्ह्वा):संयुक्त राष्ट्र सङ्घीय राहत एजेन्सीले सन् २०२४ को मानवीय आवश्यकता र प्रतिक्रियाका लागि सोमालियालाई दुई करोड ८६ लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ ।

 सोमालिया मानवीय कोष (एसएचएप) ले  यो रकम विशेषगरी समाजबाट अवहेलित र दुरदराजमा रहेकाहरुको सहायताका लागि प्रयोग गरिने मानवीय मामिला समन्वयको लागि राष्ट्रसङ्घीय कार्यालय (ओसीएच) ले बताएको छ ।   

यस कोषले ओसीएच र आफ्ना ५४ साझेदारलाई सोमालियामा  बाढी, पहिरो, खडेरीजस्ता सम्स्याहरुबाट सुरक्षा र समन्वय बढाउनको लागि तत्काल सहयोग प्रदान गर्न सक्षम बनाएको जनाएको छ ।

कोषले रकमलाई आपतकालिन परियोजना  र एक विशिष्ट परियोजनाका लागि विनियोजन गरेको छ । साथै केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषका लागि २० लाख अमेरिकी डलर विनियोजन गरिएको छ ।

"सबै परियोजनामा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गरिएको छ । साथै, ९० प्रतिशत परियोजनाले लैङ्गिक समानताका विभिन्न क्षेत्रहरुमा योगदान पुर्याउनेछ” ओसीएचले उल्लेख गरेको छ ।

141 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ