काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बरिष्ठ नेता तथा सांसद दीपक बोहराको निधन भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बोहोराको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएका छन् ।
उनी रुपन्देही क्षेत्र नम्बर(३ बाट निर्वाचित भएका थिए । उनलाई पोस्ट कोभिडका कारण घाँटीमा समस्या देखिएको र सोही कारण घाँटीमा क्यान्सर भएको थियो । जसका कारण उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए ।
साझा अर्थ संवाददाता