भारतले रातको समयमा पाँच घण्टा ६ सय मेगावाट विद्युत् दिने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् दिने स्वीकृति नेपाल विद्युत् प्राधिकरणलाई पठाएको हो । योसँगै अब प्राधिकरणले उक्त समयमा भारतको इनर्जी एक्सजेन्च मार्केटबाट सोबराबरको विद्युत् खरिद गर्न सक्नेछ ।
पूर्वस्वीकृतिअनुसार भारतले ३ चैतदेखि इनर्जी एक्सचेन्ज मार्केटबाट रातिको समयमा विद्युत् खरिद गर्न दिएको थिएन । दिउँसो सोलार आवर ९सूर्योदयदेखि सूर्यास्तसम्म० मात्रै विद्युत् खरिद गर्न दिएको थियो । त्यसले गर्दा रातिको समयमा उद्योगमा विद्युत् कटौतीसमेत भएको अवस्था थियो । नयाँ स्वीकृतिअनुसार अब राति ५–११ बजेसम्म र बिहान ४–६ बजेबाहेकको समयमा भारतबाट विद्युत् आयात गर्न पाइन्छ ।
नेपालमा अधिकांश नदी प्रवाहमा आधारित परियोजना छन् । त्यो अवस्थामा बर्खामा खोलामा पानी बढी हुँदा पूर्ण क्षमता विद्युत् उत्पादन गर्न सकिन्छ, जुन वेला भारतमा विद्युत् निर्यात गर्न पनि सकिन्छ । तर, हिउँदमा खोलामा पानी कम भएपछि यहाँको विद्युत् उत्पादन पनि कम हुन्छ । त्यसवेला आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्छ । तर, पछिल्लोपटक भारतले रातिको समय विद्युत् दिएको थिएन ।
नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशकका रुपमा हितेन्द्र देव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलाइएको थियो । तर, भारतले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त थप सयमा थप ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो । सर्वसाधारण ग्राहकसमेत लोडसेडिङको त्रासमा रहेका बेला भारतले थप विद्युत निर्यातको समय बढाएसँगै सम्भावित लोडसेडिङ टरेको विद्युत प्राधिकरणले बताएको छ ।
साझा अर्थ संवाददाता