पात्रो

रेडियो

समाचार खोजी

३९.१३ अंकले बढेर २६२१.८६ विन्दुमा नेप्से

साझा अर्थ संवाददाता १३ चैत २०८१, बुधवार



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ३९.१३ अंकले बढेर २६२१.८६ को विन्दुमा कायम भएको छ ।
आज ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा वृद्धि आउँदा राप्ती हाइड्रोको सेयर मूल्य सर्वाधिक ५.७४ प्रतिशतले बढेको छ । त्यसैगरी, बुद्ध भुमी नेपाल हाइड्रोपावरको ५.५५ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.३३ प्रतिशत, युनायटेड इदी मादी हाइड्रोपावरको ५.१७ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बुधबार कारोबारमा आएकामध्ये २३१ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ। मंगलबार भने २४० कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मात्रै बढेको थियो। 

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता