पात्रो

रेडियो

समाचार खोजी

२६.१० अंकले उकालो लाग्यो नेप्से

साझा अर्थ संवाददाता ११ चैत २०८१, सोमवार

काठमाडौं । अघिल्लो सातादेखि निरन्तर घटिरहेको शेयर बजारमा आज भने सुधार आएको छ ।  सोमबार २६.१० अंकले बढेर बजार २६४०.७८ बिन्दुमा पुगेको छ। ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको बजारमा २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्य घटेको छ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.९२ प्रतिशत, विकास बेंक ०.७८, होटल १.१६,हाईड्रो १, लगानी ०.९५,जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त ०.९०,म्युचुअल फण्ड ०.४९, निर्जीवन बीमा ०.६१, अन्य १.९१ र व्यापार समूह १.५५ प्रतिशतले बढ्यो ।  

आव हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ३२ करोड ६९ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङको  १५ करोड २९ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६ लाख,गार्डियन माइक्रो लाइफको १२ करोड ४४ लाख र सिन्धु विकास बे।कको ११ करोड ८५ लाख बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका मध्ये आज  गार्डियन माइक्रो लाइफको सेयरमूल्य सर्वाधिक ९.२९ प्रतिशत बढेको छ । त्यस्तै, पोखरा फाइनान्सको ७.४७ प्रतिशत,समृद्धि फाइनान्सको ६.३०,स्वेत गंगा हाईड्रोपावरको ५.६४ र रिलायन्स फाइनान्सको सेयरमूल्य ५.२२ प्रतिशतले बढ्यो ।  

आज गुमाउने लगानकिर्तामा अपर हेवाखोला हाईड्रोको ४.९२ प्रतिशतले रहेको छ ।  

273 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु