पात्रो

रेडियो

समाचार खोजी

मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल

नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय हुनुपर्ने

साझा अर्थ संवाददाता ४ चैत २०८१, सोमवार

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताउनु भएको छ । 
आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताउनु भएको हो । 
छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखा परेका चुनौती तथा समस्याहरुलाई समाधान गरेर अघि बढ्न सकिने अर्थमन्त्रीको भनाइ छ । उहाँले नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय हुनु पर्नेमा जोड दिनु भएको छ ।
अर्थमन्त्री पौडेलले उपलब्ध साधन स्रोतलाई ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेश गर्न पनि आग्रह गर्नु भएको छ । 
गृह मन्त्रालयसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी र सस्त्र प्रहरीका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो ।

275 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ