पात्रो

रेडियो

समाचार खोजी

थाई नरेशद्वारा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन

साझा अर्थ संवाददाता २ भदौ २०८१, आइतवार
 रासस/एएनआईः थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गर्नुभएको छ । 
 
सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उहाँका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो । 
 
राजाको अनुमोदनसँगै अब पेन्टोङ्टार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नुहुनेछ । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ । 
 
अल जजिराका अनुुसार हालै थाई संसद्ले पेन्टोङ्टार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो । 
 
संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उहाँको स्थान पेन्टोगटार्नले लिनुभएको हो । उङ इङ उपनामले प्रसिद्ध पेन्टोङ्टार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुनुहुन्छ । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उहाँ परिवारको तेस्रो सदस्य हुनुहुन्छ । 
 
संसद्ले ३७ वर्षीया पेन्टोगटार्नलाई उहाँको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ ।
242 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ