सनराइज सेक्युरिटिजको औपचारिक सेयर कारोबार सुरु
सनराइज सेक्युरिटिज लिमिटेडले औपचारिक सेयर कारबोबार सुरु गरेको छ । लक्ष्मी सनराइज बैंकको शतप्रतिशत स्वामित्व रहेको सनराइज सेक्युरिटिजले ब्रोकर नम्बर १०० बाट व्यावसायिक कारोबार सुरु गरेको हो ।
बैंकका अध्यक्ष रमण नेपालले कम्पनीको कारोबार सञ्चालनको औपचारिक सुरुवात गरे । कार्यक्रममा शुभकामना दिँदै उनले कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने बताए । ‘व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा पुँजी बजारको विकासमा योगदान गर्ने कार्य प्रभावकारी रूपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस्,’ उनले भने ।
त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकको सहायक कम्पनीका रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी व्यक्त गरे । साथै, सनराइज सेक्युरिटिजका प्रबन्ध सञ्चालक कमल गौतमले संस्थाले धितोपत्र खरिद–बिक्रीसम्बन्धी सम्पूर्ण सेवा गुणस्तरीय रूपमा एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्न सकिने बताए । गैरीधारा– २, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।
133
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो