बुधबार आज हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
फागुन २७ गते साधारणसभा आह्वान गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८.७५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सले फागुन २५ गते साधारणसभा आह्वान गर्दै आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २१.०५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ।
साझा अर्थ संवाददाता