अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सका दुईवटै न्यारोबडी जहाज फेरि ग्राउन्डेड भएका छन् । शनिबार साउदीको दमाम विमानस्थलमा अवतरण भएको ‘९एन–एकेएक्स’ जहाजको नोज ल्यान्डिङ गियर बिग्रिएको छ । जहाज चेकजाँचका क्रममा नोज ल्यान्डिङ गियरमा हाइड्रोलिक लिक भएको भेटियो । त्यसैले मर्मतका लागि दमाममै जहाज राखिएको छ । सो जहाज अचानक ग्राउन्डेड हुँदा दमाम–काठमाडौंका लागि टिकट लिएका यात्रु भने अलपत्र परेका छन् ।
अर्को न्यारोबडी ‘९एन–एकेडब्लू’ जहाज सम्पूर्ण मर्मत ९सि–चेक०का लागि करिब दुई महिनादेखि चीनमा छ । २० पुसदेखि ग्राउन्डेड भएको जहाजको मर्मत कार्य चलिरहेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला र दुई साना जहाजबाट सेवा दिइरहेको निगमले मर्मतमा ध्यान नदिँदा जहाज पटक–पटक ग्राउन्डेड भएर सेवा र आम्दानीमा असर परिरहेको छ ।
साझा अर्थ संवाददाता