कालिञ्चोक दर्शनको मुनाफा २ करोड ६६ लाख
कालिञ्चोक दर्शनले गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आवको तुलनामा ७.७ प्रतिशतले नाफा बढाएको छ ।
कम्पनीले गत आवमा २ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २ करोड ४७ लाख थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन आम्दानी २२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ६६ करोड ६३ लाख रहेको सञ्चालन नाफा गत आवमा ८१ करोड ५१ लाख पुगेको छ ।
कम्पनीको वित्तीय लागत भने २१ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा वित्तीय लागत १ करोड ५० लाख रहेकोमा गत आर्थिक वर्ष १ करोड ८३ लाख छ ।समीक्षा अवधिसम्ममा कम्पनीको वित्तीय खर्च २१.७३ प्रतिशतले बढेको छ।
कम्पनीको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ।सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १००।७५ रुपैयाँ छ।कम्पनीको प्रतिशेयर आम्दानी ४।४७ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी ५९ करोड ६३ लाख रुपैयाँ छ ।
100
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो