नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि सिफारिस गर्न गठिन समितिले आवेदन दिएका १२ जना मध्येबाट ५ जनाको नामको नाम सर्टलिस्ट गरिएको छ ।
सर्टलिस्टमा पर्नेमा कमल प्रसाद रेग्मी, चिरन्जीवी चापागाई, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । अब समितिले उनीहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता को लागि फागुन १० गतेको दिन तोकिएको छ। व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको नतिजाको आधारमा समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ। मन्त्रिपरिषदले ३ जना मध्येबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा नियुक्त गर्नेछ ।
प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई कार्यकाल १ महिना छँदा अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव र ज्योतिचन्द्र ओझा सदस्य रहेको छनोट समितिले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समयावधि दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो ।
साझा अर्थ संवाददाता