काठमाडौं स् बुटवल पावर कम्पनीको खुद नाफा ४२।१७ प्रतिशतले घटेर १७ करोड ६४ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको तुलनामा गत आव ०८०÷८१ मा कम्पनीले ३० करोड ५० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ५।१६ प्रतिशतले घटेर ६८ करोड ७० लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा विद्युत् बिक्रीबाट ७२ करोड ४४ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन आम्दानी २५।७३ प्रतिशतले घटेर २१ करोड ७४ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।प्रतिसेयर आम्दानी ४२ पैसाले घटेर ५ रुपैयाँ १७ पैसमा आएको छ । प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ६८ पैसा छ ।
साझा अर्थ संवाददाता