पात्रो

रेडियो

समाचार खोजी

मापदण्डविपरीत प्लास्टिक झोला बिक्री गर्ने चार उद्योगलाई विभागको जरिबाना

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

२०८२ पुस २४, काठमाडौं |  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले काठमाडौं र ललितपुरमा सञ्चालनमा रहेका चार वटा प्लास्टिक उद्योगलाई जरिबाना गरेको छ। दर्ता वा नवीकरण नगरी तथा तोकिएको मापदण्डभन्दा कम गुणस्तरका प्लास्टिक झोला उत्पादन तथा बिक्री गरेको पाइएपछि ती उद्योगलाई कारबाही गरिएको हो।

विभागका अनुसार काठमाडौंका प्रशन्ना प्लास्टिक उद्योग, बिन्दवासिनी प्लास्टिक उद्योग र रामकृष्ण प्लास्टिक उद्योगलाई जनही दुई लाख रुपैयाँका दरले जरिबाना गरिएको छ भने सङ्घाई प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ जरिबाना तोकिएको छ। यसअघि मङ्गलबार पनि यस्तै कसुरमा दुई प्लास्टिक उद्योगलाई कारबाही गरिएको विभागले जनाएको छ।

विभागका निर्देशक भरतप्रसाद आचार्यले उपत्यकाभित्र सञ्चालनमा रहेका प्लास्टिक उद्योगहरूको अनुगमनलाई तीव्र बनाइएको जानकारी दिए। अनुगमनका क्रममा न्यूनतम मापदण्ड पूरा नगर्ने उद्योगलाई कसुरको प्रकृतिका आधारमा जरिबाना गरिएको उनले बताए।

अनुगमनका क्रममा जरिबानामा परेका चार उद्योगसहित कुल १४ वटा प्लास्टिक उद्योगलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, बिक्री तथा वितरण नगर्न कडाइका साथ निर्देशन दिइएको विभागले स्पष्ट पारेको छ।

114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ