काठमाडौँ : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि १० प्रतिशत हकप्रद सेयर निष्काशन खुला गरेको छ। कम्पनीले चैत २६ गतेदेखि वैशाख १६ गतेसम्म आवेदन दिन सकिने गरी २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो।
उक्त हकप्रद सेयर १ः०.१० अनुपातमा हालका सेयरधनीका लागि जारी गरिएको हो। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने हकप्रद सेयरपछि पूँजी बढेर २ अर्ब ३३ करोड रुपैयाँ पुग्नेछ।
हकप्रद सेयरका लागि फागुन १७ गतेसम्म सेयर धारण गरेका लगानीकर्ताहरू मात्र योग्य हुनेछन्। सो मितिभन्दा अघि सेयर होल्ड गरेका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन्।
यस निष्काशनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।