पात्रो

रेडियो

समाचार खोजी

मधेशमा टिकटक विवादले तनाव, आठै जिल्लामा सुरक्षा कडा

साझा अर्थ संवाददाता २० पुष २०८२, आइतवार

मधेश प्रदेशमा टिकटकमा धार्मिक–सांस्कृतिक विषयमा अभद्र टिप्पणी गरेपछि तनाव बढेको छ। धनुषाबाट सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म फैलिएको छ। धनुषा, पर्सा लगायत मधेशका आठै जिल्लामा सुरक्षा सतर्कता कडा गरिएको छ। सुरक्षा अधिकृतले परिस्थितिलाई ‘संवेदनशील’ भन्दै आवश्यक सतर्कता बढाइएको बताएका छन्।

केही दिनअघि जनकपुरस्थित हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले हिन्दुस्तानको नाम उल्लेख गर्दै विवादास्पद भिडियो टिकटकमा पोस्ट गरेका थिए। स्थानीय अगुवाहरूले उक्त भिडियो धार्मिक सहिष्णुतामा बाधा पुर्‍याउने भएकाले दुवै युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेका बेला केही युवाहरू आक्रोशित बनेका थिए। सोही क्रममा मस्जिदमाथि आक्रमणसमेत भएको थियो। आक्रमणमा संलग्न व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए।

वीरगञ्जमा आज बिहानदेखि उक्त घटनाविरुद्ध प्रदर्शन जारी रहेको छ। सुरक्षाकर्मी परिचालन बढाएर अवस्था नियन्त्रणमा राख्न प्रयास भइरहेको छ।

127 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु