काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सूर्यज्योती लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख ३९ हजार १६० रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३.३६प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १८ करोड ९७ लाख ४८ हजार १८२ रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार खुद बिमाशुल्क चार अर्ब ९८ करोड १५ लाख कमाएको छ । सो अवधिमा कम्पनीको खुद आय ७ अर्ब रहेको छ । ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३२ करोड ८२ लाख ८६ हजार ८८४ रुपैयाँ रिटेर्न अर्निङ गरेको जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७।८३ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ ।
साझा अर्थ संवाददाता