पात्रो

रेडियो

समाचार खोजी

पर्यटक प्रहरीको संख्या बढाउने तयारी

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रहरीको संख्या बढाउने तयारी गरेको छ । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा पर्यटन बोर्डमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । 

दुई सय ४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन् । अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन । ‘माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाइ स्थापना गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘यसका लागि आवश्यक साधन–स्रोत व्यवस्था सरकारले गर्छ ।’

पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधनसम्पन्न बनाइने उनले बताए । बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको उनले उल्लेख गरे ।  पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ‘अतिथि देवो भव’का रूपमा व्यवहार गर्न सके पर्यटकको संख्या बढाउन सकिने उनको भनाइ छ । 

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता