पात्रो

रेडियो

समाचार खोजी

महानगर यातायातले  थप्यो टाटा मोटर्सको ४० बस,थानकोट(धुलिखेल रुटमा पनि सेवा सुरु

साझा अर्थ संवाददाता १० माघ २०८१, बिहिवार



काठमाडौं । महानगर यातायात प्राइभेट लिमिटेडले आफ्नो कम्पनीमा बिहिबार टाटा मोटर्सको ठूलो क्षमताको ४० वटा नयाँ बस थप गरेको छ ।

बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडमा आयोजित एक कार्यक्रममा उक्त ४० वटा नयाँ बसको साँचो महानगर यातायातलाई हस्तान्तर गरिएको छ । नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको प्रा।लि।ले जनाएको छ । सिप्रदी ट्रेडिङ्गले कार्यक्रममा बसहरुको चाबी महानगर यातायातलाई हस्तान्तरण गरेको हो ।

नयाँ बसहरु सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा बिस्तार गरेको महान्ग्र यातायात प्रा।लि।का उपाध्यक्ष सन्तोष खतिवडाले बताए । आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न शुरु गरेको बताए। साथै महानगर यातायात प्रा।लि।ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराए  ।

उनले महानगरपालिकाले छिटै नै १० वटा विद्युतीय बसहरु समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए । एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरु सञ्चालन गर्ने तयारी रहेको बताए ।

315 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता