युनिलिभर नेपालले गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७।६२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा भने १ अर्ब ८३ करोड खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीले ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ हजार १४४ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२।०७ गुणा छ । रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ छ ।
साझा अर्थ संवाददाता