कपिलवस्तुको तिलौराकोटमा सन् २०२४ मा ४८ देशका एक लाख ५२ हजार पर्यटकले भ्रमण गरेका छन् । पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोष, तिलौराकोट सम्पर्क कार्यालयका अनुसार तिलौराकोटमा सबैभन्दा बढी म्यानमार, थाइल्यान्ड, कम्बोडिया, श्रीलंकालगायतका बौद्धमार्गी आउने गरेका छन् । त्यस्तै जापान, जर्मन, फ्रान्स, अमेरिका, भियतनाम, चीन, कोरियालगायतबाट पनि पर्यटक धेरै आउने गरेको आचार्यले जानकारी दिए । गौतम बुद्धको वाल्यकाल विताएको भूमिले परिचित तिलौराकोटमा आएका पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढीले विश्व शान्ति र सद्भावको कामना गर्ने गरेको उनले बताए ।
बुद्धको जीवनसँग सम्बन्धित अन्य पुरातात्विक स्थलसमेत भएकाले तिलौराकोटमा पर्यटक बढ्दै गएका हुन् । यहाँ आउने पर्यटकहरू धमनिया स्तूप, सगरहवा, निगालीकोट, गोटिहवा, सिसहनियाकोटलगायतका स्थानसमेत पुग्ने गरेका छन् ।
साझा अर्थ संवाददाता