पात्रो

रेडियो

समाचार खोजी

महालक्ष्मी विकास बैंकले ल्यायो बचत मै मुद्दती सरह ब्याज पाइने बाल बचत खाता

बचतकर्ताले एक वर्षदेखि १० वर्षसम्म एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्ने

साझा अर्थ संवाददाता ४ माघ २०८१, शुक्रवार

काठमाडौं । महालक्ष्मी विकास बैंकले बालबालिकालाई लक्षित बचत मै मुद्दती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ ।
बैंकले बालबालिकाहरुको भोलिका दिनहरुमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी उक्त खाता सञ्चालनमा ल्याएको हो ।
नयाँ खाता अन्तरगत बचतकर्ताले एक वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् जसबाट एक वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्ने बैंकले जनाएको छ ।
अभिभावकले सञ्चालन गर्न सकिने यस खातामा अवधी समाप्ती पश्चात एक मुष्ट रकम प्राप्त गर्न सकिनेछ । मुद्दती खाता जस्तो धेरै रकम पनि नचाहिने यो खातामा मात्र पाँच सय रुपियाँबाट समेत शुरुवात गर्न सकिने बैंकले जनाएको छ ।
ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्ना बालबालिकाहरुको शिक्षा दिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत खाता ग्राहकहरुको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैङ्किङ सुविधा उपलब्ध गराउने बैङ्कको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

220 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता