पात्रो

रेडियो

समाचार खोजी

सिटिजन्स क्यापिटलको १५.५० प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २७ साउन २०८१, आइतवार

काठमाडौं । सिटिजन्स क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई १५.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ  । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १५.१५ प्रतिशत अर्थात् ३ करोड १० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न भदौ १७ गते १८औँ वार्षिक साधारण सभा  काठमाडौंको ज्ञानेश्वरमा बिहान ११ बजे बस्नेछ ।


कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक नियुक्ति अनुमोदन र संचालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

141 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता