काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित पाँचतारे होटल मर्क्योर उद्घाटन गरेका छन् । होटल विश्व प्रसिद्ध चेन ब्राण्ड मर्क्योरले आजैदेखि संचालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) को एकल लगानीमा होटल तयार भएको हो . होटलका सञ्चालक बस्नेतका अनुसार ११ तले भवनको सो होटलमा १०४ कोठा छन् । होटलमा करिब ३ अर्ब रुपैयाँ लगानी भएको छ ।
यो होटलको व्यवस्थापन सम्हाल्न एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० देशमा ५ हजार ७ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको एकोर ग्रुप पहिलो पटक नेपाल भित्रिएको हो ।
होटलको माथिल्लो तलामा स्वीमिङ पुल छ । नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट हल, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा उपलब्ध रहेको होटलमा हाल २२० जनाले रोजगारी पाएका छन् ।
साझा अर्थ संवाददाता