पात्रो

रेडियो

समाचार खोजी

वर्णबास म्युजियम होटेलले सर्वसाधारणका लागि आइपिओ ल्याउँदै

साझा अर्थ संवाददाता २ माघ २०८१, बुधवार

 

वर्णबास म्युजियम बुटिक होटेलले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । सोमबार बसेको होटेलको प्रथम वार्षिक साधारणसभाबाट आइपिओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । वर्णबास होटेलमा ‘म्युजियम, सांस्कृतिक सम्पदा र लक्जरी’को अद्वितीय संयोजन रहेको सञ्चालक राजेन्द्र बजगाईंले बताए । उनले लगानीकर्ताको हित र नैतिक व्यावसायिक अभ्यासलाई कायम राख्दै प्रतिकित्ता सय रुपैयाँमा अंकित दरमा सेयर जारी गर्ने तयारी गरेको जानकारी गराए ।  

वर्णबास होटेल करिब सवा अर्ब रुपैयाँमा लगानीमा निर्माण भएको हो । होटेल निर्माण लागतमा कुनै हेरफेर नगरेको हुनाले सर्वसाधारण लगानीकर्ताका लागि आकर्षक र प्रतिफलदायी सेयर हुने बजगाईंको भनाइ छ । जबकि, पछिल्लो समय सर्वसाधारणलाई आइपिओ बिक्री गर्नका लागि लगानी बढी देखाएर लागतमा व्यापक हेरफेर गर्ने प्रवृत्ति बढ्दो छ ।

होटेलको संरचनाले देशको प्रतिनिधित्व गरेको छ । यसको शिरमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल बनाइएको छ । होटेलमा साउथ कोल बार, खुम्बु भ्याली र गोक्यो लेक नामकरण गरिएको स्विमिङ पुल छ । हिमालको शेर्पा संस्कृति, पहाडको गोर्खा बहादुरी र तराईको थारू कला झल्कने गरी होटेलको डिजाइन गरिएको छ । प्रत्येक कोठालाई हिमाल, पहाड र तराईका गाउँका नामबाट चिनाइएको बजगाईंले बताए । होटेलको साउथ कोलमा नियमित रूपमा जलवायु संवाद कार्यक्रम सञ्चालन हुनेछन् ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता